मधेश प्रदेशको संस्कृतिको संरक्षण गर्न विज्ञहरुको सम्मेलन
जनकपुरधाम । मधेश प्रज्ञा प्रतिष्ठानले मधेश प्रदेशमा बोलिने भाषा, साहित्य, कला, संस्कृति, नाटक सहितको ६ वटा विधाको संरक्षण गर्नका लागि प्रदेश भरिका विज्ञहरुको सम्मेलन गर्न लागेको छ ।
चैत्रको दोस्रो सातामा मधेश प्रदेशको राजधानी जनकपुरधाममा गर्न लागेको सम्मेलनमा मधेश प्रदेशका आठ वटै जिल्लाबाट ६ वटा विधाका विज्ञहरू सहभागी हुने कार्यक्रम रहेको मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीले जानकारी दिनुभयो ।
खास गरेर प्रतिष्ठानले अगामी वर्षका लागि बनाउने नीति तथा कार्यक्रमका बारेमा पनि विज्ञहरुबाट सुझाव सङ्कलन गर्ने कार्यक्रम रहेको अध्यक्ष कापडीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्