तपाईँ सुन्दै हुनुहुन्छः

सरु सङ्गीत राष्ट्रिय पुरस्कारको स्थापना

काठमाडौँ । सरू सङ्गीत घरले सरु सङ्गीत राष्ट्रिय पुरस्कार स्थापना गरेको छ । 

सरु सङ्गीत घरको तेस्रो वार्षिक दिवसको अवसरमा उक्त राष्ट्रिय पुरस्कार स्थापना गरिएको हो । 

यो पुरस्कार गीत सङ्गीत तथा नृत्यका क्षेत्रमा योगदान पुर्‍याउने एक जना विशिष्ट साधकलाई आगामी २०८२ सालदेखि हरेक बर्ष प्रदान गरिने जनाइएको छ । स्व.सरस्वती निरौलाको स्मृतिमा उक्त राष्ट्रिय पुरस्कारको स्थापना गरिएको हो ।

पुरस्कार व्यवस्थापनार्थ रु.३ लाखको अक्षय कोष स्थापना गरिएको छ । पुरस्कारको राशि रु.२५ हजार पाँच सय पाँच रुपैयाँ रहनेछ । यो पुरस्कार हरेक बर्ष साउन महिनामा सरु सङ्गीत घरको वार्षिक उत्सवका अवसरमा वितरण गरिने जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button