माओवादी बैठक : समसामयिक राजनीतिक विषयमा छलफल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा पार्टी सङ्गठन र कार्यविभाजन लगायतका विषयमा छलफल भएको छ ।
पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकमा पार्टी सङ्गठन, कार्यविभाजन र समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टी सङ्गठन, कार्यविभाजन लगायत समसामयिक राजनीतिक विषयमा सुझाव दिएको कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिनुभयो ।
बैठकमा पदाधिकारी सदस्यहरुले कम्युनिष्ट एकतापछि नेताहरूको व्यवस्थापनलगायतका विषयमा पनि अध्यक्षलाई सुझाव दिएको कोषाध्यक्ष ढकालले बताउनुभयो ।
पार्टीको पदाधिकारी बैठक भोलि ११ बजे पुनः बस्ने गरि स्थगित भएको छ ।
प्रतिक्रिया राख्नुहोस्