विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा घिसिङलाई स्वर्ण पदक
काठमाडौँ । साउदी अरेबियामा आयोजना भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा नेपालकी सिर्जना घिसिङले ऐतिहासिक स्वर्ण पदक जितेकी छिन् ।
रियादमा सिर्जनाले ५२ केजीमुनि के–४४ क्याटगोरीमा टर्कीका खेलाडी मेर्येम बेटुल काभडारलाई १२–० अङ्कले हराएर स्वर्ण पदक जितेकी हुन् । मेर्यम पारा तेक्वान्दोमा विश्व नम्बर एक खेलाडी हुन् ।
विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा नेपालले जितेको यो पहिलो स्वर्ण हो ।
प्रतिक्रिया राख्नुहोस्