२८ औं अन्तर बिद्यालय आईजिपी रनिङ ट्रफी फुटबल प्रतियोगिता शुरु (फोटो फिचर)
काभ्रे । नेपाल पुलिस स्कुल साँगाको आयोजनामा बुधबारदेखि २८ औं अन्तर बिद्यालय आईजिपी रनिङ ट्रफी फुटबल प्रतियोगिता २०७९ शुरु भएको छ ।
उपत्यका लगायत बिभिन्न जिल्लाका १५ वटा बिद्यालयका १६ समूहको सहभागिता रहने उक्त प्रतियोगिताको उद्घाटन नेपाल पुलिस स्कुल साँगाको खेलमैदानमा एक समारोहका बीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज काठमाडौंका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले गर्नु भयो ।
प्रमुख अतिथि थापाले राष्ट्रिय रेफ्री ज्ञान बहादुर तामाङलाई फुटवल हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको हो ।
प्रतिक्रिया राख्नुहोस्