संघीय संसदको हिउँदे अधिवेशन पुस ४ बाट
तुलसी सापकोटा । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गतेका लागि संघीय संसदको हिउँदे अधिवेशन आह्वान गर्नु भएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आज संसदको हिउँदे अधिवेशन पुस ४ गतेका लागि आह्वान गर्नु भएको हो ।
यसअघि गत असोज २ गते संघीय संसदको बजेट अधिवेशन सकिएको थियो ।
विधेयक अधिवेशनका रूपमा समेत लिइने हिउँदे अधिवेशनले संसदमा सभामुख रिक्त भएको अवस्थामा यस पटक नयाँ सभामुख चयन समेत गर्ने छ ।
गत असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ ।
संसदमा विधेयक प्रमाणीकरणको काम बाहेक अन्य काम उपसभामुख शिवमाय तुम्बाहाङफेले गर्दै आउनु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्