भ्रातृ शोकका कारण प्रधानमन्त्री देउवाले लगाउनुभएन टीका
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजया दशमीको टीका ग्रहण गर्नुभएन ।
भ्रातृ शोकमा रहनुभएका प्रधानमन्त्री देउवाले टीका नलगाउनुभएको र अरूलाई पनि टीका नलगाइदिनुभएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृ शोकका कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि टीका नलगाइदिनुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्