तपाईँ सुन्दै हुनुहुन्छः

भोकमरी हुने राष्ट्रको सूचीमा नेपाल ७३औं स्थानमा

काठमाडौं। ‘विश्वव्यापी भोकमरी सम्बन्धी प्रतिवेदन २०१९’मा गम्भीर प्रकृतिको भो क मरी हुने राष्ट्रको सूचीमा नेपाल पनि परेको छ ।

वेल्ट हङ्गर हिल्फ र कन्सर्न वर्ल्डवाइड नामक संस्थाले ११६ वटा मुलुकमा गरेको अध्ययनका आधारमा उक्त प्रतिवेदन सार्वजनिक गरिएको छ । यी दुई संस्थाले सार्वजनिक गरेको ‘विश्वव्यापी भोकमरी सम्बन्धी प्रतिवेदन २०१९’ले ११६ मुलुक मध्ये नेपाल ७३औं स्थानमा पारेको उल्लेख गरेको छ । यसअघि यही प्रतिवेदनमा नेपाल ७२ औं स्थानमा परेको थियो ।

प्रतिवेदन अनुसार दक्षिण एशियाली मुलुकहरुको तुलनामा नेपालको अवस्था श्रीलङ्काको भन्दा कमजोर भएपनि बंगलादेश, पाकिस्तान, भारत, र अफगानिस्थान भन्दा राम्रो भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button