बागलुङमा जिप खोलामा खस्दा १३ जनाको घटनास्थलमै मृत्यु
बागलुङ्ग । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ घोपर्नामा जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।
गुल्मीको तम्घासबाट बुर्तिबाङ आउँदै गरेका गरेको ग १ ज ५२१९ नम्बरकोे जिप बडिगगाडको कोप्चेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख नवराज भट्टले जानकारी दिनुभयो ।
गुल्मीको ईस्मा देखी कुलपुजाको लागि बागलुङको निसीखोला जादै गर्दा खोलामा खसेको र थप जानकारी आउन बाकि रहेको एसपी भट्टले बताउनु भयो ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली र स्थानिय उद्धारका लागि जुटेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्