तपाईँ सुन्दै हुनुहुन्छः

विवाह पञ्चमी अन्तर्गत आज धनुष यज्ञ विधि मनाईँदै

जनकपुरधाम । राम जानकी विवाह पञ्चमी अन्तर्गत आज तेस्रो दिन धनुष यज्ञ विधि मनाईँदै छ ।

धनुष यज्ञ त्रेता युगमा मिथिला नरेश राजा जनकले आफ्नी सीतासँग विवाह गर्नेले शिवको धनुषलाई टुक्रा–टुक्रा पार्नुपर्ने भन्ने शर्त राख्नु भएको र अध्योया नरेश दशरथका छोरा भगवान् रामले सीतासँग स्वयंवर रचाउनका लागि शिवको उक्त धनुष तोड्नु भएको स्मरणमा प्रत्येक वर्ष यो विधि तेस्रो दिन मनाईने गरिन्छ ।

धनुष यज्ञ विधि जनकपुरधामको ऐतिहासिक रंगभूमी मैदान बाह्रविग्घामा मनाईने जानकी मन्दिरले जनाएको छ । रामको स्वरुप बनार्ईएका बालकले धनुष तोड्ने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button