तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचनलाई स्वतन्त्र, स्वच्छ र भयरहित तुल्याउन सम्पूर्ण तयारी पुरा : निर्वाचन आयोग

काठमाडौँ – निर्वाचन आयोगले आसन्न उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, कम खर्चिलो र भयरहित हुनेमा अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त तुल्याएको छ ।

नेपालस्थित कुटनीतिक नियोग, संयुक्त राष्ट्रसघीय विकास कार्यक्रमसहितका अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधि र विकास साझेदारलाई प्रतिनिधिसभा, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त पदका लागि यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारीबारे जानकारी गराउदै आयोगले उपनिर्वाचन अवलोकनका लागि आह्वानसमेत गरेको छ ।

त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलीयाले उपनिर्वाचनलाई स्वतन्त्र, स्वच्छ र भयरहित तुल्याउन सम्पूर्ण सबै तयारी पुरा गरिसकेको जानकारी दिनुभयो ।

आचारसंहिता अनुगमनका लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी र उम्मेदवार रहेका दलहरु सम्मिलित आचारसंहिता अनुगमन समिति गठन गरिएको जानकारी दिदै उहाँले हालसम्म आचारसंहिता उल्लघंन र प्रचारप्रसारका क्रममा कुनै घटनाको गुनासो प्राप्त नभएको बताउनुभयो ।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले निर्वाचन सम्बन्धी अनुभव आदान प्रदान र उपनिर्वाचनको तयारीबारे छलफलमा कुटनीतिक समुदायबाट प्राप्त सुझाव र सहयोगका लागि आभार व्यक्त गर्नुभयो ।

आयुक्त नरेन्द्र दाहालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहको रिक्त पदका लागि हुन लागेको उपनिर्वाचनप्रति देखाएको चासो र सहयोगका लागि धन्यवाद प्रकट गर्नुभयो ।

कार्यक्रममा युरोपियन युनियनका राजदुत भेरोनिका कोडीले उपनिर्वाचनका लागि भएको तयारी प्रति खसी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button