वाई–वाई यु–१९ पुरुष क्रिकेटको उपाधि लुम्बिनी प्रदेशलाई
काठमाडौँ । लुम्बिनी प्रदेशले वाई–वाई यु–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
टियु क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई १ सय १३ रनले पराजित गर्दै लुम्बिनीले उपाधि हात पारेको हो । जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८ दशमलव ३ ओभरमा अलआउट हुँदै केवल ९९ रनमा सीमित भयो ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय १२ रन जोडेको थियो । राउन्ड रोविनको आधारमा खेलाइएको प्रतियोगितामा सात वटै प्रदेशको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ पाएको छ भने उपविजेताले एक लाख हात पार्यो ।
प्रतिक्रिया राख्नुहोस्