२५६३ औैं बुद्धजयन्ती सम्पन्न
काठमाडौं । २५६३ औै बुद्धजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
२५६३ औ बुद्धजयन्ती मूल समारोह तथा प्रदेश ५ सरकारले सुरु गरेको लुम्विनी भ्रमण वर्ष २०७६ को आज लुम्बिनीमा शुभारम्भ गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धजयन्ती शान्ती, अहिंसा र करुणाको पर्वको रुपमा रहेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले विश्व बन्धुत्वको भावना जागृत गर्न बुद्ध जयन्तीको विशेष महत्व रहेको बताउनुभयो ।
लुम्बिनी गुरुयोजना शीघ्र सम्पन्न गर्नुपर्नेमा राष्ट्रपति भण्डारीले जोेड दिनुभयो ।
राष्ट्रपति भण्डारीले प्रदेशको उन्नति र प्रगतिलाई पर्यटनसँग जोडरे अघि बढनुपर्ने बताउनुभयो ।
समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको देश नेपाल कहिले पनि हिंसातर्फ जान नहुने बताउनुहुदैंै बुद्ध दर्शनलाई पालना गर्दै मुलुक दिगो शान्तिको बाटोमा अघि बढेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले बुद्ध दर्शन र उहाँका विचारहरु २१ औ शताब्दीमा पनि उत्तिकै मूल्यवान र सान्दर्भिक रहेको उल्लेख गर्नुहुदैं बुद्धको पथमा चल्न सबैलाई आग्रह गर्नुभयो ।
अहिंसा र शान्ति प्रर्वद्धन गर्न बुद्धको विचार र दर्शन संसारभर फैलाउनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले लुम्बिनी गुरुयोजना सम्पन्न गर्न सरकारले विशेष ध्यान दिने बताउनुभयो ।
कार्यक्रममा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारले सुरुवात गरेको लुम्बिनी भ्रमण वर्षलाई सबैको सहयोगमा सफल बनाईने प्रतिबद्धता जनाउनुभयो ।
प्रदेश ५ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले प्रदेश सरकारले एक वर्षमा २० लाख पर्यटक लुम्बिनी भित्र्याउने लक्ष्य लिएको बताउनु भयो ।
लुम्बिनीमा शाक्यवंशीय राजा शुद्धोधन र रानी माया देवीका पुत्रका रुपमा बैशाख शुक्ल पूर्णिमाका दिन जन्मिनुभएका राजकुमार सिद्धार्थ बोधगयामा ज्ञान प्राप्त गरेपछि गौतम बुद्धका नामले विश्वमा प्रख्यात हुनु भएको थियो ।
जन्म, ज्ञानप्राप्ति र महापरिनिर्वाण जस्ता तीन वटा महान घट्ना बैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले आजको दिनलाई बुद्धका जीवनको अपूर्व संयोगका रुपमा पनि लिइन्छ ।
एसियाका ज्योतिका रुपमा विख्यात भगवान गौतम बुद्धले ८० वर्षको उमेरमा कुशीनगरमा महापरिनिर्वाण प्राप्त गर्नु भएको थियो ।
भगवान गौतम बुद्धद्धारा प्रतिपादित धर्म र उपदेशहरु नेपालका साथै भारत, चीन, श्रीलंका, म्यानमार, थाइल्याण्ड, लाओस, कम्बोडिया, भियतनाम, भुटान, जापान, ं कोरिया, मंगोलिया लगायत विश्वका विभिन्न मुलुकहरुमा बुद्धधर्मका रुपमा विस्तार भएका छन् ।
प्रतिक्रिया राख्नुहोस्