तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी दिवसको अवसरमा अम्मर प्रहरीका पविारलाई सम्मान

बर्दिया – जिल्ला प्रहरी कार्यालय बर्दियाले बिगत सशस्त्र द्वन्द्वको समयमा देशको हितको पक्षमा कर्तव्य पालना गर्ने क्रममा ज्यान गुमाएका अम्मर प्रहरीका परिवारलाई सम्मान गरेको छ ।

६४ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङ्गले अम्मर प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो ।

प्रहरी दिबसको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी, प्रहरीको काम कार्वाहीमा सहयोग पु¥याउने व्यक्ति र संस्थालाई पनि प्रमाण पत्र र पुरस्कारबाट सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङ्ग अम्मर प्रहरी स्तम्भमा फुलमाला अर्पण गरि अम्मर प्रहरीलाई श्रदान्जली दिनु भएको थियो । अम्मर प्रहरीका परिवार र राजनितिक दल, नागरिक समाज लगायत सहभागीहरुले पनि फुल चढाउनु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी कुरुवाङ्गले प्रहरी जहिले पनि देश र जनताको हितमा काम गर्नमा आफ्नो जिम्मेवारीबाट कहिल्यै पछि नहटेको बताउनु भयो । प्रहरीलाई काम गर्न सहजताका लागि कतिपय नितिगत बाधालाई सरकारले समय सापेक्ष परिमार्जित गरिदिनु पर्ने र नागरिक तहबाट पनि प्रहरीसँगको सहकार्यलाई व्यवहारिक रुपमा सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रहरी दिवसको अवसरमा बोल्दै जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलाले जिल्लाको शान्ति सुरक्षा कायम गर्न र अपराधिक घटना हुन नदिन रणनीतिक सुरक्षा योजना बनाएर काम गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button