तपाईँ सुन्दै हुनुहुन्छः

महानगरले फोहर फालेको प्रति काठमाडौं डिभिजनको आपत्ति

काठमाडौं । सडक डिभिजन काठमाडौंको कार्यालयको गेटमा काठमाडौं महानगरपालिककाले कार्यालय परिसर छिर्न समेत अवरोध हुनेगरी फोहोर फालिदिएको घटनालाई लिएर सडक डिभिजन काठमाण्डौंले एक विज्ञप्ती प्रकाशित गर्दै गम्भिर आपत्ति भएका जनाएको छ । साथै महानगरले कानुनी राज्यको उपहास गरेको ठम्याई भएको उल्लेख गरेको छ ।

उक्त घटनाले महानगरपालिकाको गरिमा अगाडि नबढ्ने भन्दै सो विज्ञप्तीमा भनिएको छ – ‘काठमाडौं जिल्ला भित्रका सडक निर्माण तथा मर्मत संभारको महत्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याई तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लङ्ग छ ।’

उक्त विज्ञप्तीमा गत शुक्रबार काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह तथा सो डिभिजनका डिभिजन प्रमुख नारायणदत्त भण्डारीबीच महानगर भित्रका सडक सुधारका विविध विषयमा छलफल भई नियम बमोजिम सहकार्य गरेर अगाडि जाने तथा साझा धारणा बनाई महानगर भित्रका सडक सुन्दर तथा व्यवस्थित बनाउने विषयमा छलफल भएर सकारात्मक सहमती भएको भएतापनि महानगरपालिकाले फोहर फालिदिएको प्रति सडक डिभिजन कार्यालयको आपत्ति रहेको डिभिजन कार्यालयका सुचना अधिकारी ई. प्रमोद खतिवडाको हस्ताक्षरमा जारी उक्त विज्ञप्तीमा भनिएको छ ।

महानगरपालिकाले कानुनी राज्यको उपहास गरेको ठम्याई भएको भन्दै उक्त विज्ञप्तीमा अगाडि भनिएको छ – ‘यसअघि महानगरपालिकाबाट नियमबमोजिम यस डिभिजनमा सडक काट्न माग भई आएका सबै अनुमती दिइएको समेत जानकारी गराईन्छ । आज मिति २०६१।०२।१२ गते शनिबार करिब १२ बजे न्यूरोड क्षेत्रमा यस डिभिजनको जिम्मामा रहेको सडकमा विना अनुमती सडक काटी सडकको ‘स्ट्याण्डर्ड’ चौडाई घटाउने कार्यमा महानगरपालिका लागेको बखत बिना अनुमती सडक काटेर साघुरो बनाउन नहुने भनि सडक डिभिजनबाट सो कार्यमा रोक लगाईएको विषयलाई विषयान्तर गरी डिभिजन सँग सरोकार नभएको विषयलाई कारण बनाई गरिएको यस किसिमको व्यवहारले कानुनी राज्यको उपहास गरेको ठम्याई यस सडक डिभिजनको रहेको छ ।

‘सडक डिभिजन काठमाण्डौंको कार्य क्षेत्र भित्र भएका त्रुटी औंल्याई आवश्यक सुझाब दिए डिभिजन सकारात्मक सुझाव सम्झेर कार्यान्वयन गर्ने तर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई भएका यस किसिमका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने र सो को प्रतिकार गर्न समेत सडक डिभिजन काठमाण्डौं बाध्य हुने व्यहोरा यसै विज्ञप्ती मार्फत जानकारी गराईन्छ ।’ उक्त विज्ञप्तीमा भनिएको छ ।

उता काठमाडौं महानगरपालिकाले भने चक्रपथ विस्तारका क्रममा नागरिकले धूलो र कष्ट व्यहोर्नु परेको भन्दै सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं अगाडि धूलो थुपारिदिएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button