तपाईँ सुन्दै हुनुहुन्छः

एमाले पाल्पामा घर्तीमगर

पाल्पा । नेकपा एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर घर्ती मगर निर्विरोध चयन हुनुभएको छ । पूर्व पार्टी सचिव ओम बहादुर घर्तीमगरकाे नेतृत्वमा एमाले पाल्पाको १० औँ जिल्ला अधिवेशन हिजो सम्पन्न भएको हाे l उपाध्यक्षमा विमल काफ्ले, सचिवमा रामजी पोखरेल(भोजराज) उप–सचिवमा दिपक विश्वकर्मा र महिला उप–सचिवमा मिना जि.सी. चयन हुनुभएको छ । दुई दिनसम्म चलेको अधिवेशनले १ सय १ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।
जिल्ला कमिटी सदस्यमा दलिततर्फ  ८ जना, जनजातीमा ८ जना, ४० बर्ष भन्दा मुनी उमेरका युवा १६ जना चयन हुनुभएकाे छ । यसैगरी महिला खुलामा ४ जना, मजदुर १ जना, अल्पसंख्यक १ जना, अपाङ्ग १ जना, मुस्लिम १ जना चयन हुनुभएकाे छ ।  यसैगरी खुला पालिकातर्फ निस्दी, पुर्वखोला, माथागढी, बगनासकाली, रिव्दीकोट र रैनादेवीछहरा गाउँपालिकामा पाँच / पाँच जनाका दरले ३० जना, तिनाउ गाउँपालिकामा ३ जना, रम्भा गाउँपालिकामा ४ जना, रामपुर नगरपालिकामा ९ जना र तानसेन नगरपालिकामा १० जना जिल्ला कमिटी सदस्यमा चयन हुनुभएकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button