तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा शिक्षक तथा कर्मचारीलाई कोरोना विरुद्धको खोप लगाइने

file photo

पाल्पा । पाल्पामा ४ हजार २ सय शिक्षक  तथा कर्मचारीलाई कोरोना विरुद्धको खोप लगाइने भएको छ । 

जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीलाई शनिवारदेखि कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको हो ।

खोपको लागि प्राथमिकतामा नपरेको भन्दै जिल्लाका शिक्षकहरूले आन्दोलन र धर्नाका कार्यक्रम सुरु गरेपछि स्वास्थ्य कार्यालयले साउन १६ गतेदेखि खोप दिन थालेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताउनुभयो । 

जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक कर्मचारी गरी ४ हजार २ सय जनालाई खोप दिने कार्यक्रम रहेको छ । 

यो सङ्ख्या ५० वर्ष मुनी उमेर समूहको रहेको छ । ५० वर्ष माथिकाले भने खोप लगाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसका लागि सबै पालिकाबाट तथ्याङ्क सङ्कलन गरी काम सुरु गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button