तपाईँ सुन्दै हुनुहुन्छः

जारी टोकियो ओलम्पिकमा सिंहद्वारा राष्ट्रिय कीर्तिमान कायम

file photo

काठमाडौँ । जापानमा जारी टोकियो ओलम्पिकमा नेपालकी पौडीबाज गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।


टोकियो एक्वेटिक सेन्टरमा बुधवार गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् । हिट चरणमा गौरिकाले १ः००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । हिट १ मा रहेकी गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा रहिन् ।


५० मिटरको लङ कोर्समा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान भङ्ग गरेकी हुन् । यस अघि गौरिकाको नाममा १ः००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो । गौरिकाले २०१९ मा दक्षिण कोरियामा भएको १८ औँ फिफा विश्व च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । 
राष्ट्रिय कीर्तिमान बनाए पनि गौरिकाले सेमिफाइनलमा स्थान बनाउन सकिनन् । उनी हिट चरणबाट बाहिरिइनन् । यस प्रतिस्पर्धामा रहेका ५२ खेलाडीमध्ये गौरिका ५१ औँ स्थानमा रहिन् ।


१८ वर्षिया गौरिकाको ओलम्पिकमा यो दोस्रो सहभागिता हो । यस अघि २०१६ मा गौरिकाले रियो ओलम्पिक खेलेकी थिइन् । गौरिकाको प्रतिस्पर्धासँगै पौडीमा नेपालको चुनौती सकिएको छ । 


मङ्गलवार एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले प्रतिस्पर्धा गरेका थिए । हिट चरणमा एलेक्सले ५३.४१ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button