जबरजस्ती करणी गरेको आरोपमा १ जना युवा पक्राउ
दाङ । दाङको लमहीमा दिदीबहिनीलाई जबरजस्ती करणी गरेको आरोपमा १ जना युवा पक्राउ परेका छन् । गए राती दाङको लमही नगरपालिका वडा नम्बर ७ कमानपुर जाने जङ्गलको बाटोमा युवाको समूहले उपचार गर्न जान लागेका दुई दिदीबहिनी माथि जबरजस्ती करणी गर्नुका साथै श्रीमान् लाई कुटपिट गरिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
तीन जना हतियार सहित आएका युवाहरूको समूहले गए राती करिब साढे दश बजेको समयमा उनीहरू चढेको रा १ ख २४१९ नम्बरको गाडीलाई बीच बाटोमा मोटरसाइकलले बाटो छेकी उनीहरू सँग भएको नगद ४५ हजार रुपैयाँ र कानमा लगाएका सुनका गरगहना समेत लुटेर लगेको पीडितहरूले बताएका छन् ।
पीडित महिलाहरूले आफूहरू माथि जबरजस्ती करणी भएको बताउँदै वडा प्रहरी कार्यालय लमहीमा मुद्दा दर्ता गराएका छन् । लुटपाट तथा जबरजस्ती करणीमा संलग्न मध्य अन्दाजी २० र २१ वर्षका किरण बुढालाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ भने दुई जना फरार रहेका छन् । फरार रहेका युवाहरूको परिचय प्रहरीले गोप्य राखेको छ ।
प्रतिक्रिया राख्नुहोस्