तपाईँ सुन्दै हुनुहुन्छः

चाडपर्वलाई लक्षित गरेर सरकारले विशेष सुरक्षा योजना

 

गृहमन्त्री  राम बहादुर थापाले दशैं तिहार र छठ जस्ता चाडपर्वहरु लाई लक्षित गरेर सरकारले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको जानकारी दिनु भएको छ ।संसदको राज्य ब्यबस्था तथा सुसाशन समितिले बोलाएको बैठकमा गृह मन्त्री  थापाले चाडपर्वको समयमा आइपर्ने सुरक्षा संवेदनसिलतालाई ख्याल गरेर मन्त्रालयले, विशेष सजगता अपनाउने निति लिइएको बताउनुभयो ।

यसैविच राज्यब्यवस्था समितिका सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिनेक्रममा गृहमन्त्रालयका सचिव प्रेम कुमार राईले चाड पर्वका बेला हुने कालो बजारी नियन्त्रणको लागी प्रभावकारी अनुमन गर्न कठिनाइ भएको बैठकलाई जानकारी गराउनु भएको छ ।

विगतमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जिल्ला स्तरका अनुगमन समितिमा , हाल जिल्ला समन्वय समितिका सभापति संयोजक रहने प्रावधान बने पछि अनुगमन प्रकृया फितलो हुन थालेको पाइएकाले यस तर्फ ध्यान दिन समितिलाई सचिव राईले आग्रह गर्नु भयो
बैठकमा सांसदहरुले कालो बजार नियन्त्रय गर्नु पर्ने , काठमाण्डौ बाहिर जाने नागरिकहरुको सहज यात्राको ब्यवस्था मिलाउनपर्ने , सिमा क्षेत्रमा हुने गतिविधिमा विशेष निगरानि राख्नु पर्ने लगाएतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button