तपाईँ सुन्दै हुनुहुन्छः

भोलिदेखि मौसममा सुधार आउने

काठमाडौं । तीन दिनदेखि लगातार आएको वर्षा भोलिदेखि भने कम हँुदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बंगालको खाडीबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि सक्रिय रहेकोमा भोलिबाट मौसममा क्रमिक सुधार आउने छ ।

आज राति देशभर सामान्यदेखि पुर्ण बदली बदलि रही मध्य र पश्चिमका धेरै स्थानहरु र पूर्वका केही स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने र मध्य तथा पश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसम विज्ञान विभागको अनुमान छ ।

भोलि देशभरी आंशिक देखि सामान्य बदली रही मध्य र पश्चिमका केही स्थानहरुमा र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको हुनेछ ।

पर्सी शुक्रबार भने देशभरी आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button