१० दिनदेखि बेपत्ता किशोर फेला
तनहुँ । तनहुँको व्यास नगरपालिका–४ सिमलटार बस्ने १७ वर्षीय ईश्वर क्षेत्री दश दिनपछि फेला परेका छन् ।
गत माघ २६ गतेदेखि बेपत्ता भएका उनी बुधवार पोखरामा फेला परेका हुन् । क्याम्पस जान घरबाट हिँडेका उनी क्याम्पस नगई बेपत्ता भएका थिए ।
सिमलटारस्थित मामाघर बसेर पढ्दै आएका ईश्वर बेपत्ता भएपछि दाजु सन्तोषले प्रहरीमा उजुरी दिएका थिए ।
वीरता टोल विकास संस्थाका अध्यक्ष सरोज बस्नेतले पोखरामा फेला परेपछि ईश्वरलाई घर ल्याइएको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्