बाढीका कारण २४को मृत्यु
रबात। अत्यधिक ठूलो बाढीपहिराका कारण मोरक्कोमा कम्तीामा २४ जनाको मृत्यु भएको छ ।देशको उत्तरतर्फ पर्ने तान्गीरमा सोमबार आएको बाढीमा परेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।
घटनास्थलबाट उद्धारकर्मीहरूले अरु १० जनलाई उद्धार गरेर स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरेका छन् ।उनीहरूका अनुसार घटनास्थलमा खोजी तथा उद्धारका प्रयासहरू अहिले पनि जारी नै रहेका छन् । घटनामा कमदारहरू पनि परेको र उनीहरूको सङ्ख्या यकिन हुन नसकेको अधिकारीहरूको भनाइ छ ।रासस/सिन्ह्वा
प्रतिक्रिया राख्नुहोस्