तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा जबरजस्तीकरणी गरेको आरोपमा दुईजना पक्राउ

डडेल्धुरा – डडेल्धुराका छुट्टाछुट्टै स्थानबाट जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

भदौ १३ गते राती १७ वर्षीया किशोरीलाई ललाईफकाई प्रलोभनमा पारी जबरजस्तीकरणी गरेको आरोपमा भागेश्वर गाउँपालिका–१ पनिउटका २३ वर्षिय दिनेशराम पार्कीलाई पक्राउ गरेको छ ।

त्यस्तैगरी भदौं ११ गते राती १३ वर्षिया बालिकालाई डरत्रास देखाई जबरजस्तीकरणी गरेको आरोपमा परशुराम नगरपालिका–४ कटालका २१ वर्षिय महेश दमाईलाई प्रहरीले पक्राउ गरेको डडेल्धुराका प्रहरी नायब उपरिक्षक न्यौपानेले जानकारी दिनुभयो ।

डडेल्धुरा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी आरोपित पार्की र दमाईमाथि अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक न्यौपानेले जानकारी दिनुभयो ।

दुबैजनालाई जबरजस्तीकरणीको मुद्धा लगाईने जनाएको छ । पछिल्लो समय डडेल्धुरामा जबरजस्तीकरणी र आत्महत्याका घटनाहरु बढ्दै गईरहेको प्रहरीको तंथ्याकले देखाउछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button