तपाईँ सुन्दै हुनुहुन्छः

खुर्कोटस्थित सुनकोशी नदीमाथि वेलीबृज जडान कार्य सुरु

काठमाडौँ । बि.पि. राजमार्ग अन्तर्गत खुर्कोटस्थित सुनकोशी नदीमाथि वेलीबृज जडान कार्य सुरु भएको छ ।  

सिन्धुली र रामेछाप जिल्ला जोड्ने बि.पि. राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोशी नदीमाथि नेपाली सेनाको टोलीद्वारा वेलीबृज जडान कार्य सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।

यही असोज १२ गते शनिवार सुनकोशी नदीमा आएको बाढीले सो नदीको पुल बगाएको थियो । पुल बगाएपछि रामेछाप–सिन्धुली, रामेछाप–काठमाडौँको सवारीआवागमन पूर्ण रुपमा अवरोध भएको थियो । सरकारले दशैँअघि नै सो पुल निर्माण गरि सवारी आवागमन सहज बनाउने गरि काम शुरु गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button