तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तह उपनिर्वाचन २०८१ का लागि २५ दल दर्ता

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि २५ राजनीतिक दलहरूलाई दर्ता गरिएको जनाएको छ ।

आयोगको आज बसेको बैठकले आयोगमा दर्ता कायम रहेका दलहरूमध्ये उपनिर्वाचन प्रयोजनका लागि यही असोज १० देखि १६ गतेसम्म आयोगमा निवेदन दर्ता हुन आएका २६ राजनीतिक दल मध्ये कानूनी रीत पुरा भएका २५ राजनीतिक दलहरूलाई दर्ता गरिएको आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

निवेदन दर्ता क्रमका आधारमा दर्ता गरिएका दलहरूमा, नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेपाल, नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रहेका छन् ।

यसैगरी जनता समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, समावेशी समाजवादी पार्टी नेपाल, हाम्रो नेपाली पाटी, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, नेशनल रिपब्लिक नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाली कांग्रेस (वी.पी.), राष्ट्रिय मातृभूमि पाटी, जनमत पार्टी र नेपाली जनता दल रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button