तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी दिवसको अवसरमा नरैनापुरमा निःशुल्क स्वास्थ्य परिक्षण

बाँके । नेपाल प्रहरीको ६९ औँ स्थापना दिवसको अवसरमा बाँकेको नरैनापुरमा एक दिने वृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

नेपाल प्रहरी अस्पताल र नरैनापुर गाउँपालिकाको संयुक्त आयोजनामा एक दिने स्वास्थ्य शिविरको आयोजना गरिएको स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले जानकारी दिनुभयो ।

शिविरको उद्घाटन समारोहमा नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इश्तियाक अहमद शाहले नेपाल प्रहरीसँग सहकार्य गर्न नरैनापुर गाउँपालिका सदैव तयार रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल प्रहरी अस्पतालका प्रहरी उपरीक्षक डा. अच्युत विक्रम हमालले स्वास्थ्य शिविरसम्बन्धी जानकारी दिँदै स्वास्थ्य सेवाजस्तो आधारभूत सेवाबाट कुनै पनि नागरिक टाढा नहुन भन्ने उद्देश्य अनुरुप शिविर सञ्चालन गरिएको बताउनुभयो । 

विभिन्न रोगसँग सम्बन्धित नेपाल प्रहरी अस्पतालका विशेषज्ञ तथा चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण गरिएको उक्त शिविरमा सामान्य चिकित्सा, हाडजोर्नी, स्त्री तथा प्रसूति, शल्य चिकित्सा, चर्म तथा यौनरोग, बालरोग, दन्तरोग, मानसिक रोग, नाक, कान, घाँटी, आँखा चेकअप, प्याथोलोजी, ड्रेसिङ, इसिजी लगायतका सेवा प्रदान गरिएको थियो ।

शिविरमा विद्यालय अध्ययनरत विद्यार्थी र नरैनापुरका स्थानीय बासिन्दा गरि ४ सय १६ जनाको स्वास्थ्य परिक्षण तथा निःशुल्क औषधी समेत वितरण गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button