तपाईँ सुन्दै हुनुहुन्छः

करेण्ट लागेर एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ।

जिल्लाको बेदकोट नगरपालिका–१ का ५५ वर्षीय टेकबहादुर मल्लको करेन्ट लागेर आज मृत्यु भएको हो।

उनलाई सोही पालिका–१ चम्फापुर राडाहामा रूखको हाँगा काट्ने क्रममा हाँगा बिजुलीको तारमा खसेर तार चुँडिँदा करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button