तपाईँ सुन्दै हुनुहुन्छः

राजविराजबाट दैनिक दुई उडानका लागि पहल गर्छु : मन्त्री पाण्डे

सप्तरी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले राजविराज विमानस्थलबाट दैनिक दुई वटा उडानका लागि पहल गर्ने बताउनुभएको छ ।

सप्तरीको एक प्रतिनिधि मण्डलसँगको भेटमा मन्त्री पाण्डेले राजविराजबाट दैनिक दुई उडान गर्न चाँडै बुद्ध एयरसँग कुरा गर्ने बताउनुभयो ।

अहिले यो विमानस्थलबाट दैनिक एक मात्र उडान हुँदै आएको छ । मन्त्री पाण्डेले राजविराज विमानस्थलमा सामान चेकिङ गर्नेसहितका उपकरण उपलब्ध गराउन पहल गर्ने पनि बताउनुभयो ।

उहाँले सप्तरीस्थित छिन्नमस्ता मन्दिरसहितका धार्मिक पर्यटनको विकासका लागि पनि आफू सकारात्मक रहेको उल्लेख गर्नुभयो ।

सप्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिनेश कुमार यादवको नेतृत्वमा कांग्रेस जिल्ला सभापति रामदेव साहसहितले मन्त्रीसमक्ष दैनिक दुई उडान गराइदिन अनुरोध गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button