तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशसभा बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरु

धनगढी । सुदूरपश्चिम प्रदेशसभा बैठकमा आजदेखि चालू आर्थिक वर्षको बजेट माथिको छलफल शुरु भएको छ ।

बैठकमा प्रदेशसभा सदस्यहरुले ढिलो गरि बजेट आउँदा प्रदेशको अर्थतन्त्रसहित समग्र क्षेत्रमा असर परेको औँल्याउनुभयो । साउनदेखि बजेट शून्यता रहेको अवस्थालाई मध्यनजर गर्दै चाँडोभन्दा चाँडो बजेट पारित गरिनु पर्नेमा उहाँहरूले जोड दिनुभयो ।

आजको छलफलमा प्रदेशसभा सदस्यहरु विक्रमसिंह धामी, अक्कल रावल, चक्र मल्ल, जानकी ऐर, डा।तारा जोशी, गिता माल, खुशीराम चौधरी, खेमादेवी बिष्टले भाग लिनुभयो ।

त्यसअघि बैठकमा आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

सरकारले भदौ ३१ गते चालु आर्थिक बर्ष २०८१/०८२ का लागी ३१ अर्ब ६२ करोड बराबरको बजेट ल्याएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button