तपाईँ सुन्दै हुनुहुन्छः

सभापति देउवाद्वारा बिपी कोइरालाको पूर्णकदको सालिक अनावरण  

काभ्रेपलाञ्चोक  । काभ्रेपलाञ्चोकको धुलिखेलमा नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री बिपी कोइरालाको पूर्णकदको सालिक अनावरण गरिएको छ ।धुलिखेल नगरपालिका-६ स्थित जरणडाँडामा बिपी राजमार्गको प्रस्थान विन्दुका रूपमा रहेको स्थानमा नवनिर्मित नेता कोइरालाको सालिक अनावरण गरिएको हो  ।

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बिपी राजमार्गअर्न्तगत काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा स्थापना गरिएको बि.पी. कोइरालाको प्रतिमा आज अनावरण गर्नुभयो  ।२०७१ सालमा शिलान्यास गरिएको प्रतिमा निर्माण ९ वर्षपछि निर्माण सम्पन्न गरी अनावरण गरिएको नेपाली कांग्रेसका काभ्रे जिल्ला सभापति तिर्थ लामाले  बताउनुभयो ।

१५ लाख रुपैयाँ लागतमा सालिक निर्माण गरिएको प्रतिमा निर्माण मूल समितिका संयोजक जितकृष्ण धिनान्जु श्रेष्ठले जानकारी दिनुभयो  ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद ९बि।पी।० कोइरालाको परिकल्पनामा वि।सं.२०१६ सालमा शुरुवात भएको यस सडक निर्माण प्रधानमन्त्री कोइराला अपदस्थ गरी २०१७ सालमा पञ्चायती व्यवस्था लागू भएपछि सफल हुन सकेको थिएन ।

यसै सन्दर्भमा, बि।पी।को परिकल्पना र उहाँकै नाम रहेको राजमार्ग ९वी।पी। राजमार्ग० को सुरुवाती विन्दु धुलिखेलमा बि।पी। कोइरालाको प्रतिमा स्थापना गर्नु वाञ्छनीय ठानेर वी।पी। कोइराला प्रतिमा, निर्माण समिति र नेपाली कांग्रेस धुलिखेल नगर समितिको अग्रसरतामा धुलिखेल नगरपालिका वडा नं ६, जरणडाँडास्थित हस्पिटल चोकमा प्रतिमा स्थापना गरिएको नेपाली कांग्रेस काभ्रेका सचिव माधव ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button