तपाईँ सुन्दै हुनुहुन्छः

विभिन्न कार्यक्रम गरी विश्व अल्जाइमर्स दिवस मनाइयो

काठमाडौँ । ३१ विश्व अल्जाइमर्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

दिवसको अवसरमा शहरी विकास तथा भवन निर्माण विभागमा आयोजित कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले अल्जाइमर्स रोगको पहिचान र निराकरणका लागि सरकार र मन्त्रालय मात्र नभइ सबैको उत्तिकै सहयोग र सक्रियता हुनुपर्नेमा जोड दिनुभयो । आगामी दिनमा ज्येष्ठ नागरिकहरूका लागि सबै जिल्लामा समान ढंगले बजेट वितरण गरिने उहाँले बताउनुभयो ।

मन्त्री सुडीले सबै नागरिकहरूलाई समान सेवा उपलब्ध गराउन सरकार तयार रहेको उल्लेख गर्दै सबै बिरामीहरूलाई उपचारका लागि एक लाख रुपैयाँको व्यवस्था गरिने बताउनुभयो ।

उहाँले सचेतनामूलक कार्यक्रम र सूचनाका लागि रेडियो नेपालसँग आवश्यक सहकार्य र समन्वय गर्न मन्त्रालय तयार रहेको बताउनुभयो ।

कार्यक्रममा डा. अनन्त अर्यालले अल्जाइमर्स रोग लाग्ने कारण, लक्षण र उपचारका बारे स्पष्ट पार्नुभएको थियो ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष छत्रबहादुर प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव दीपकराज नेपाल, मन्त्रालयका प्रमुख महिला विकास अधिकृत निर्मला कार्की लगायत ज्येष्ठ नागरिकहरूको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button