तपाईँ सुन्दै हुनुहुन्छः

झापामा मिडिया कप हुने

झापा । बुद्धशान्ति प्रेस क्लबको आयोजनामा ‘झापा मिडिया कप–२०८१’ हुने भएको छ ।

बडा दसैँको अवसरमा आगामी असोज १७ र १८ गते झापा मिडिया कप फुटबल प्रतियोगिता गर्ने आज पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । दसैँको अवसरमा जिल्लाभरिका सञ्चारकर्मीलाई खेलकुदको माध्यमबाट एकै थलोमा उभ्याउन प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष तीर्थ तिम्सिनाले बताउनुभयो ।

प्रतियोगितामा आयोजक बुद्धशान्ति प्रेस क्लब, भद्रपुर प्रेस क्लब, मेचीनगर प्रेस क्लब, अर्जुनधारा प्रेस क्लब, सुरुङ्गा प्रेस क्लब, पत्रकार मञ्च दमक र खेलकुद पत्रकार मञ्च गरी सात वटा टिमको सहभागिता रहने क्लबका उपाध्यक्ष नारायण अर्यालले जानकारी दिनुभयो ।

प्रतियोगिताको प्रथम पुरस्कार रू २५ हजार र दोस्रो पुरस्कार रू १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । सोही कार्यक्रममा प्रतियोगिताको टाइसिट समेत सार्वजनिक गरिएको छ । पत्रकार रमेश समदर्शीले गोला प्रथाको माध्यमबाट टाइसिट बनाउन सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button