तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेश सभाको तेस्रो अधिवेशन आज रातीदेखि अन्त्य हुँदै

जनकपुरधाम । मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रिपरिषद्को आज बसेको बैठकको निर्णय अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी चालु तेस्रो अधिवेशन अन्त्य गर्नु भएको हो ।

प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालु तेस्रो अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी जारी गर्नु भएको सूचनामा उल्लेख छ ।

गत जेठ २१ गतेदेखि सुरु भएको तेस्रो अधिवेशनमा ३४ वटा बैठक बसेको थियो । आलु अधिवेशनबाट वालिका संरक्षण विधेयक, स्थानीय तहका कर्मचारीहरूको सेवा सुविधाबारे व्यवस्था गर्न बनेको विधेयक तथा मधेश प्रदेशमा खेलकुदको विकास गर्नका लागि बनेको विधेयक प्रदेश सभाको बैठकले पारित गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button