तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसद्वारा उपसभामुख रानालाई मार्ग प्रशस्त गर्न आग्रह

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले उपसभामुख इन्दिरा रानालाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । बुधवार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उपसभामुख रानालाई आफैँ मार्ग प्रशस्त गर्न आग्रह गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै काँग्रेस प्रमुख सचेतक श्यामप्रसाद घिमिरेले बैठकमा सत्तारुढ दलहरूको बैठक बसेर उपसभामुखबारे साझा धारणा बनाउने निर्णय भएको बताउनु भयो । उहाँले अनाधिकृत रूपमा उपसभामुखले असम्बन्धित व्यक्तिहरूलाई आफूसँगै कार्यक्रममा लैजान दिन भनेर अर्को देशको राजदूतावासलाई पत्र लेख्नु संसदीय व्यवहार नभएको निष्कर्ष निकालेको बताउनु भयो । उपसभामुख आफैँले राजीनामा दिनुपर्ने र अर्को देशको राजदूतावासको सम्बन्धका विषयलाई लिएर गर्नै नहुने काम गर्नुभएको काँग्रेसको निष्कर्ष रहेको बताउनु भयो । उपसभामुखले पत्र लेखेर कूटनीतिक नियोगलाई आग्रह गर्न नमिल्ने र सचिवालयमार्फत परराष्ट्र मन्त्रालय हुँदै जानुपर्ने उहाँले  बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button