तपाईँ सुन्दै हुनुहुन्छः

जानकी गाउँपालिकामा झाडापखालाका कारण एक जनाको मृत्यु 

बाँके । बाँकेको जानकी गाउँपालिका-५ बेलहरीमा झाडापखालाका कारण एक जनाको मृत्यु भएको छ।
३४ वर्षीय स्थानीय बासिन्दा होली तेलीको झाडापखालाबाट मृत्यु भएको पुष्टि स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले गर्नुभएको छ । यस घटनासँगै गाउँमा त्रासको वातावरण सिर्जना भएको छ भने स्वास्थ्यकर्मीको टोलीले संक्रमित क्षेत्रमा सतर्कता अपनाइरहेको छ।
स्वास्थ्य कार्यालयका अनुसार जानकी गाउँपालिका-५ मा झाडापखालाले प्रभावित तीन व्यक्तिहरू फेला परेका थिए। तीनमध्ये एक जनाको अवस्था गम्भीर रहेकोले भेरी अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ। अर्का एक जना सङ्क्रमितको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। यद्यपि, बाँकी एक जना बिरामी भने उपचारपछि घर फर्किसकेको जनाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button