तपाईँ सुन्दै हुनुहुन्छः

संसद्को चालु अधिवेशन आज राती १२ बजेदेखि अन्त्य हुँदै 

काठमाडौँ । संसद्को चालु अधिवेशन आज राती १२ बजेदेखि अन्त्य हुदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु अधिवेशन आज राती १२ बजेदेखि अन्त्यको घोषणा गर्नुभएको छ  । 

नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसद्को चालु अधिवेशन अन्त्य गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रिपरिषदको हिजोको बैठकले संघीय संसद्का दुवै सदनको चालु अधिवेशन आज राति १२ बजेबाट लागु हुनेगरी अन्त्य गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button