तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेल समक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेले समक्ष भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले आयोगको २०८०/०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
प्रतिवेदन प्रस्तुत गर्नुहुँदै अध्यक्ष ठाकुरले मुलुकको संघीय संरचना अनुसार संघ, प्रदेश र स्थानीय तहमा भाषा सम्बद्ध नीति निर्माण, कानुन तर्जुमा, भाषाको अध्ययन तथा विकासका लागि संस्थागत सुदृढीकरण गर्ने कार्यको सुरुवात भएको बताउनुभयो ।
उहाँले राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १ सय २४ प्रकारका भाषाहरू बोलीचालीमा रहेको पनि जानकारी गराउनुभयो ।
सो अवसरमा अध्यक्ष ठाकुरले आर्थिक वर्ष २०८०/०८१ म आयोगले सम्पादन गरेका कामका बारेमा जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button