तपाईँ सुन्दै हुनुहुन्छः

एमाले पोलिटब्यूरो बैठक आज पनि बस्दै

काठमाडौं। नेकपा (एमाले)को पोलिटब्यूरो बैठक आज पनि बस्दै छ । पार्टी कार्यालय च्यासलमा मंगलबारबाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो ।

बैठकमा २०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने र बहुमत ल्याउने उद्देश्यसहितको एक वर्षे कार्ययोजनाका विषयमा छलफल भइरहेको छ ।

मंगलबार बैठकमा महासचिव शंकर पोखरेलले प्रस्ताव गर्नुभएको २३ पेज लामो कार्ययोनामा आज नेताहरूले आफ्नो धारणा राख्नुहुनेछ ।

कार्ययोजनामाथि राय राख्न नेताहरूलाई तीन मिनेटको समय छुट्याएको छ । त्योभन्दा बढी धारणा राख्न चाहाने सदस्यहरूलाई लिखित रूपमा सुझाव दिन निर्देशन दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button