तपाईँ सुन्दै हुनुहुन्छः

जीप दुर्घटनामा दुई जनाको मृत्यु

दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिकामा आइतबार भएको बोलेरो जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

दोलखाको उत्तरी सिंगटी बजारबाट गौरीशङ्कर गाउँपालिका जाँदै गरेको बा २० च ७२६६ नम्बरको बोलेरो जीप आइतबार साँझ ५ बजेतिर वडा नम्बर– ४ झ्याकुको कोठे डाँडामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताउनुभयो ।

दुर्घटनामा गौरीशङ्कर गाउँपालिका–३ झ्याकुकी ७५ वर्षीय काली शेर्पा र करिब ५५ वर्षीय पसी शेर्पाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते चालकसहित चार जनाको सिंगटी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button