तपाईँ सुन्दै हुनुहुन्छः

बोलेरो जीप दुर्घटनामा दुई जनाको मृत्यु

दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिकामा आइतबार भएको बोलेरो जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । 

दोलखाको उत्तरी सिंगटी बजारबाट गौरीशङ्कर गाउँपालिका जाँदै गरेको बा २० च ७२६६ नम्बरको बोलेरो जीप आइतबार साँझ ५ बजेतिर वडा नम्बर– ४ झ्याकुको कोठेडाँडामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताउनुु भयो ।

दुर्घटनामा गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ३ झ्याकुकी ७५ वर्षीया काली शेर्पा र करिब ५५ वर्षीय पसी शेर्पाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनुु भयो । 

दुर्घटनामा चालक सहित चार जना घाइते भएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते तीन जनाको सिंगटी अस्पतालमा उपचार भई रहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button