तपाईँ सुन्दै हुनुहुन्छः

वडाध्यक्षसहित पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

नेपालगञ्ज । बाँकेमा दुई युवामाथि खुकुरी प्रहार भएको घटनामा जिल्ला अदालत बाँकेले वडाध्यक्षसहित पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश दीपक घिमिरेको एकल इजलासले आज थुनामा रहेका राप्तीसोनारी गाउँपालिका–२ का वडाध्यक्ष ३८ वर्षीय ‘ज्ञानु भनिने ज्ञानेन्द्रराज ओलीसहित पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको अदालतका सूचना अधिकारी सुरेश मल्लले जानकारी दिनुभयो ।

बाँकेको राप्तीसोनारी गाउँपालिका–५ बिनौना चोकमा भदौ १ गते राप्तीसोनारी–२ का २८ वर्षीय सन्दिप विष्ट र बैजनाथ–७ प्रशुरामपुरका २८ वर्षीय सुलभ मल्लमाथि एक समूहले आक्रमण गरेको थियो । दुई जना घाइतेको भारतको लखनउमा उपचार भइरहेको छ ।

घाइतेमध्ये विष्टकी २८ वर्षीया श्रीमती चेतना पुरी विष्टले भदौ २ गते वडाध्यक्ष ओलीसहित नौ जनाविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत लिखित उजुरी दिनुभएको थियो । शुक्रबारदेखि थुनछेक बहस सुरु भएको थियो । सरकारी वकिल पाँच जनासहित जाहेरीवालाका तर्फबाट दश जना वकिलले बहस सकेका थिए भने प्रतिवादीको तर्फबाट आठ जना वकिलले बहस गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button