तपाईँ सुन्दै हुनुहुन्छः

राजदूत सिफारिसमा समावेशिता ख्याल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण

काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले राजदूत नियुक्ति सम्बन्धी निर्देशिका २०७५ अनुसार समानुपातिक समावेशी सिद्धान्त अनुरुप राजदूत नियुक्त गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

समितिको आज बसेको बैठकमा समिति सभापति राज किशोर यादवले सरकाले राजदूत नियुक्तिका लागि हालै गरेको सिफारिस संवैधानिक व्यवस्था अनुसार नभएको भन्दै परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको ध्यानाकर्षण गराउनुभयो ।
परराष्ट्र मन्त्री डा. राणाले राजदूत नियुक्तिको सिफारिस क्षमताको आधारमा गरिएको र आगामी दिनमा राजदूत नियुक्ति मधेशी, मुस्लिम र दलित समुदायबाट गरिने बताउनुभयो ।
हालै आफूले गरेको भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजना, हवाई रुटलगायतका विषयमा भारतीय पक्षसँग कुरा भएको भन्दै उहाँले सो विषयमा प्राविधिक टोलीले सम्बन्धित विषयमा छलफल गर्ने समिति समक्ष जानकारी गराउनुभयो ।
यसैगरी हालै ओमानका विदेश मन्त्रीले गर्नुभएको नेपाल भ्रमणका क्रममा दुई मुलुकबिचको श्रम, पर्यटन, स्वास्थ्यलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्री डा. राणाले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button