तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियालाई प्राथमिकतामा राखेर विकास निर्माण गरिने : मुख्यमन्त्री 

बर्दिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दियालाई विशेष प्रथामिकतामा राखेर विकास निर्माण कार्यक्रम ल्याएको बताउनुभएको छ ।
चालु आर्थिक वर्षमा प्रदेश सरकारले बर्दियामा विकास निर्माणमा मात्र एक अरब ६२ करोड बजेट विकासतर्फ छुट्टाएको बताउनुभयो ।
नेकपा एमाले बर्दियाले आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आउनुभएका मुख्यमन्त्री आचार्यसँग प्रेस चौतारी बर्दियाले आयोजना गरेको पत्रकार सम्मेलनमा बर्दियाको विकासको धरोहरको रुपमा रहेको कर्णाली प्रदेशसँग जोड्ने भुरिगाउँ तेलपानी सडक निर्माणलाई आगामी वर्षदेखि प्राथमिकतामा राखेर अगाडी बढाउने बताउनुभयो ।
जनतालाई सुशासनको अनुभूति हुने गरी आफ्नो नेतृत्वको सरकारले काम गर्ने बताउँदै विगत १० वर्षदेखि पूर्व विशिष्ट कर्मचारीहरूले पाउँदै आएको सुविधा कटौती गरेको बताउनुभयो । त्यसैगरी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले पालन गर्नुपर्ने आचारसंहिता निर्माण गरी पालन गर्ने गराउने कार्यको सुरुवात गरेको बताउनुभयो ।
छोटो समयमा जनताले अनुभूति गर्ने कार्यक्रम गरेको बताउँदै उहाँले प्रदेशभित्र एक हजार ९ सय ७८ जना कर्मचारीको दरबन्दी खाली रहेको बताउँदै पदपूर्तिको प्रक्रिया सुरु गरिसकेको बताउनुभयो । यस आर्थिक वर्षमा एक हजार ९ सय ७८ जनाले रोजगारी पाउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button