तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीसँग भारतीय रक्षा महाविद्यालयका शिक्षार्थीको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरूको प्रतिनिधिमण्डलले आज भेट गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले उक्त कलेजले रक्षा मामिलामा गर्दै आएको प्राज्ञिक योगदानको प्रशंसा गर्नुहुँदै दक्षिण एसियाली राष्ट्रहरूको शान्ति र समृद्धिका लागि साझा प्रयास हुनुपर्नेमा जोड दिनुभयो । उहाँले गौतम बुद्ध र महात्मा गान्धीजस्ता व्यक्तित्वको जन्म भएको यस क्षेत्रमा हिंसा तथा विवाद उत्पन्न हुनु यहाँको संस्कृति र सभ्यता विपरीतका विषय हुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल र भारतबीचको समान संस्कृति, रहनसहन र सभ्यताको चर्चा गर्दै दुई देशबीचको मित्रता अभिवृद्धि हुँदै गएको उल्लेख गर्नुभयो । भेटका अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, कलेजका प्रतिनिधि सन्दीप एस सन्दुलगायत सहभागी हुनुहुन्थ्यो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button