तपाईँ सुन्दै हुनुहुन्छः

‘भूमि ऐन २०७६ अनुसार सुकुम्वासी समस्या समाधान गर्न समस्या’

काठमाडौँ । प्रतिनिधि सभा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सम्पादन हुने कार्यक्रम कार्ययोजना लगायतका विषयमा सो मन्त्रालयका मन्त्री बलराम अधिकारीले जानकारी गराउनुभयो ।

बैठकमा सदस्यहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री अधिकारीले सरकारी जग्गाको चक्लाबन्दी गर्ने की व्यक्तिगत जग्गालाई चक्लाबन्दी गर्ने भन्ने विषयमा समस्या रहेको भन्नुहुँदै उपत्यका बाहिर जग्गा जमिन भएका व्यक्ति पनि काठमाडौँमा सुकुम्बासीका रुपमा रहने गरेको जानकारी गराउनुभयो ।

बैठकमा उहाँले भूमि ऐन २०७६ अनुसार सुकुम्वासी समस्या समाधान गर्न समस्या रहेको बताउनुभयो ।

मन्त्री अधिकारीले गरिबी निवारणका लागि मन्त्रालयले हाल परिचय पत्र दिने मात्र रहेको भन्नुहुँदै अव १३ जिल्लामा परिचय पत्र दिन बाँकी रहेको र यसै वर्ष दिई सक्ने पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button