तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकको रोजाइमा  ठुली दह (फोटो फिचर)

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा रहेको ठुली दह पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटकीय गन्तव्यको रुपमा विस्तार हुँदै गरेको ठुली दह बाह्य तथा आन्तरिक पर्यटकको रोजाइमा परेको हो । मुसिकोट नगरपालिका वडा नम्बर –७, को ठुली दह रहेको छ । जुन बाह्य तथा आन्तरिक पर्यटकका लागि ठुली दह प्रमुख गन्तव्यको रोजाइमा पर्दै गएपछि परिचित बन्दै गएको हो । ठुली दहको चारैतर्फको घनाजंगल र दहभित्रको समथर फाँट तथा मनमोहक ताल-तलैया नै पर्यटकको मुख्य रोजाई भएको स्थानीयको भनाई छ । 

मध्यपहाडी लोकमार्ग अन्तरगत साँख गाउँको बैरी दहबाट आधा घण्टाको पैदल यात्रा मार्फत  ठुली दहमा पुग्न सकिन्छ । लामो समयदेखि ओझेलमा पर्दै आएको ठुली दह पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटकका लागि एकमात्र घुम्न लायक क्षेत्रको रुपमा विकसित बन्ने क्रममा छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button