तपाईँ सुन्दै हुनुहुन्छः

क्यानभासमा जिरी चित्रकला प्रदर्शनी (फोटो फिचर)

काठमाडौँ । नेपालको ऐतिहासिक र पर्यटकीय नगर जिरीको सौन्दर्यलाई उजागर गर्ने उद्देश्यले क्यानभासमा जिरी चित्रकला प्रदर्शनी सुरु भएको छ ।

काठमाडौँको बानेश्वर उमोजा क्याफेमा भइरहेको क्यानभासमा जिरी चित्रकला प्रदर्शनीमा नेपालका ख्यातिप्राप्त ६ जना कलाकारले जिरी बसाइका क्रममा देखेका, भोगेका र अनुभव गरेका विषयलाई आफ्ना सृजनामा उतार्नुभएको हो ।

टुरिज्म प्रमोसन फोरम नेपालको संयोजनमा भइरहेको कला प्रदर्शनीमा ३६ थान कलाकृति प्रदर्शनीमा राखिएका छन् ।

जिरीको भेषभुषा, संस्कृतिका साथै बहुसांस्कृतिक परिचय बोकेको जिरीको जनजीवन र प्राकृतिक संस्कृतिक पक्ष पनि प्रदर्शनीमा समेटिएको टुरिजम प्रमोसन फोरम नेपालका अध्यक्ष लीलाराम खड्काले जानकारी दिनुभयो ।

काठमाडौँबाट १ सय ८८ किलोमिटर टाढा सगरमाथाको प्रवेशद्वार जिरी पर्यटकको पर्खाइमा रहेको छ । दोलखाको छुट्टै मौलिकता बोकेको जिरीका आफ्नै विशेषता भएको र पर्यटकहरूलाई घुम्नका लागि अत्यन्तै उत्तम ठाउँ भएकाले जानुपर्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताउनुभयो ।

कलाकारहरू केशवराज खनाल, किशोर रानाभाट, लीलाधर केसी, मोहन शिवाकोटी, प्रकाश मिजार र शिव शिर्पालीले उक्त चित्रहरू उतार्नुभएको हो । जिरीमा रहेका ताल तलैया, झरना, गुम्बा, प्राकृतिक उद्यानहरू, हिमाली रहनसहनले पर्यटकलाई पर्खिरहेको र चित्रकला प्रदर्शनीले जिरीको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने आयोजकले जनाएको छ ।

चित्र प्रदर्शनी शुक्रवारदेखि आइतबारसम्म चल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button