तपाईँ सुन्दै हुनुहुन्छः

कम्युनिस्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रूपान्तरण गर्न पुष्पलालको ठूलो योगदान: राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कम्युनिस्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रूपान्तरण गर्न पुष्पलालको ठूलो योगदान रहेको बताउनुभएको छ ।

राष्ट्रपति कार्यालयमा आज पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहमा राष्ट्रपति पौडेलले पुष्पलाल नेपाली राजनीतिका एक मूर्धन्य र स्वप्नशील नेता भएको धारणा राख्नुभयो ।

उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको योगदानको स्मरण गर्नुहुँदै हिंसाबाट नभई लोकतान्त्रिक प्रक्रियाबाट नै समाजका अन्तर्विरोध र सङ्कटहरू समाधान हुन सक्छन् भन्ने धारणा राख्ने नेता रहेको बताउनू भयो । नेपाली कम्युनिस्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रूपान्तरण गर्न एउटा महत्वपूर्ण वैचारिक बहस गर्ने पुष्पलाल रहेको बताउनु भयो

राष्ट्रपति पौडेलले देशमा लोकतन्त्र स्थापना गर्नका लागि पञ्चायत इतरका शक्तिहरू मिलेर सङ्घर्ष गर्नपर्छ भन्ने पुष्पलालको विचारका कारण २०४६ सालमा कांग्रेस र बाम मोर्चा मिलेर बहुदलीय प्रजातन्त्र पुनःस्थापना सम्भव भएको पनि उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button