तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण 

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले पुराना र गुणस्तरहीन स्कुल बस तथा अन्य सार्वजनिक बसहरू सञ्चालनमा रहेका कारण दुर्घटना बढेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसदहरुले पछिल्लो समय लगातार भइरहेका सडक दुर्घटना रोक्न सरकारले गाडीको गुणस्तर अनुगमन तथा नियमन गर्नुपर्ने र गुणस्तरहीन भएमा सञ्चालनमा रोक लगाउनुपर्ने बताउनुभयो ।

यस्तै वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीले क्षति पुर्‍याउँदा तटबन्धन भत्किई सिँचाइमा समस्या भएको, सडक दुर्घटनाका कारण दर्जनौँ नागरिकले अकालमा ज्यान गुमाउनु परेको लगायतका विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

रसिया र युक्रेन युद्धमा दुवै देशमा बन्धक रहेका नेपालीहरूको अवस्था पत्ता लगाइ तत्काल उद्धार गर्न पनि सांसदहरुले सरकारसँग माग गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button